Logo

बागमती प्रदेशसभाको उपसभामुखमा एमालेकी चापागाईं निर्वाचित



काठमाडौँ, २ माघ । बागमती प्रदेशसभाको उपसभामुख पदमा नेकपा एमालेकी अप्सरा चापागाईं निर्वाचित भएकी छन् ।

आज प्रदेशसभाको बैठकमा भएको निर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का तर्फबाट उम्मेदवार बनेकी गीता काफ्लेलाई पराजित गर्दै चापागाईं उपसभामुख पदमा निर्वाचित भएकी हुन् ।

आजको प्रदेशसभामा एक सय १० सदस्य रहेकोमा एक सय आठ जना सदस्य बैठकमा उपस्थित भएको प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।

बैठकमा उपस्थित मध्ये ६१ ले प्रस्तावको पक्षमा मत खसालेका थिए । विपक्षमा ३९ र दिन्न भन्ने पक्षमा सात मत प¥यो । चापागाईंको प्रस्तावकमा कुमारी मोक्तान र समर्थकमा आशा लामा थिए ।

प्रतिक्रिया दिनुहोस्