Logo

बागमती प्रदेशसभाको बैठक माघ २२ गते बस्ने



हेटौडा, १८ माघ । बागमती प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो बैठक यही माघ २२ गते अपराह्न २ बजेका लागि आह्वान गरिएको छ ।

प्रदेशसभाको बैठक गत माघ ३ गते मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत प्राप्त गरेपछि स्थगित भएको थियो ।

बागमती प्रदेशमा एक सय १० जना सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्