Logo

बागमती प्रदेशसभाको सभामुखमा भुवन पाठक निर्वाचित



मकवानपुर, २९ पुस । बागमती प्रदेशसभाको सभामुखमा भुवनकुमार पाठक निर्वाचित भएका छन् । प्रदेशसभामा आज भएको मतदानमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट उम्मेदवार बनेका पाठक सभामुख पदमा निर्वाचित भएका हुन् । उनले ६२ मत प्राप्त गरेको प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले जानकारी दिए ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसबाट उम्मेदवार बनेका शिवराज अधिकारीले ३६ मत प्राप्त गरेका थिए भने नेपाल मजदुर किसान पार्टी (नेमकिपा)की सिर्जना सैजुले तीन मत प्राप्त गरेकी थिइन् । बैठकमा कूल एक सय १० जना सदस्यमध्ये एक सय नौ जना सदस्य उपस्थित रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्