काठमाडौँ, २९ पुस । बागमती प्रदेशमा सभामुख पदको निर्वाचन सुरू भएको छ ।
निर्धारित समयभन्दा आधा घण्टा ढिलो गरि सभामुखका लागि निर्वाचन सुरू भएको हो । प्रदेशसभा सचिवालयका अनुसार सभामुख पदका लागि प्रदेशसभाको बैठकमा मत विभाजन हुनेछ ।
सभामुखका लागि तीन जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनबाट राप्रपाका भुवनकुमार पाठक, नेपाली कांग्रेसबाट शिवराज अधिकारी र नेमकिपाकी सिर्जना सयजुले उम्मेदवारी दिएका हुन् ।
राप्रपा महामन्त्रीसमेत रहेका पाठकलाई पाँच वटा दलको समर्थन छ । सत्ता गठबन्धनका पाँच वटै दलले आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित भएर पाठकको पक्षमा मत दिन ह्विप जारी गरेका छन् ।







