Logo

बागमती सरकारबाट राप्रपाका मन्त्रीले राजीनामा बुझाए



काठमाडौँ, १४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन जना मन्त्रीले बागमती प्रदेश सरकारको मन्त्री पदबाट राजीनामा दिएका छन् ।

सरकारबाट बाहिरिने निर्णय गरेसँगै तीन जना मन्त्रीले मुख्यमन्त्री शालिकराम जम्मकट्टेल समक्ष राजीनामा बुझाएका हुन् ।​

मुख्यमन्त्रीसमक्ष राप्रपाका तर्फबाट सरकारमा सहभागी राप्रपा संसदीय दलका नेतासमेत रहेका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री उद्धव थापा, पर्यटन, उद्योग तथा सहकारीमन्त्री डम्बर तामाङ र वन तथा वातावरणमन्त्री राजु विष्टले राजीनामापत्र बुझाएका हुन् ।

केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले नेतृत्वको गठबन्धन छोडेर कांग्रेस नेतृत्वको पुरानो गठबन्धन बिउँताएका छन् ।

प्रधानमन्त्रीले पुरानो गठबन्धन बिउँताएसँगै राप्रपाले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । बागमती प्रदेशसभामा राप्रपाका १३ सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्