बागलुङ, ३० असार । बागलुङमा एक पुरुषको शव फेला परेको छ ।
गलकोट नगरपालिका-५ भैँसेस्थित खरबारीमा ताराखोला गाउँपालिका-५ सानो हिलेका ४० वर्षीय झलिराम पुन मगरको शव फेला परेको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ ।
प्रहरीका अनुसार आज बिहान ८ बजे खरबारीको बाटो नजिकै स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक पुन श्रीमतीसँगै गलकोट नगरपालिका-३ हटियामा डेरा गरी बस्दै आएका थिए ।
पुन मगरले मदिरा सेवन गरेर भिरबाट लडेको हुन सक्ने आशङ्का गरिएको गलकोट नगरपालिका-५ का वडाअध्यक्ष पवन हमालले बताए ।







