Logo

बाग्मतीका मुख्यमन्त्री जम्कट्टेललाई कांग्रेसले पनि विश्वासको मत दिने



काठमाडौँ, ३ माघ । बाग्मती प्रदेशमा पनि नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिने भएको छ ।

सङ्घीय सरकारलाई विश्वासको मत दिएर आलोचित भएको नेपाली कांग्रेसले बाग्मती प्रदेशमा पनि नेकपा माओवादी केन्द्रको तर्फबाट मुख्यमन्त्री बनेका शालिकराम जम्कट्टेलाई विश्वासको मत दिने भएको हो ।

संसदीय दलको कार्यालय हेटौँडामा आज बसेको बैठकले केही सांसदहरूको फरक मत रहँदारहँदै पनि कांग्रेसले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

मुख्यमन्त्रीलाई विश्वासको मत दिएर गुण र दोषको आधारमा सशक्त प्रतिपक्षीको भूमिकामा रहने निर्णय गरेको संसदीय दलका नेता बहादुरसिंह लामाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्