काठमाडौँ, ८ पुस । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पदबाट राजीनामा दिएका छन् ।
सङ्घीय संसदमा निर्वाचित भएर शपथ ग्रहण गरेका पाण्डेले शुक्रवार प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा बुझाएका हुन् ।
बाग्मती प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा नदिइकन सङ्घीय सांसदको शपथ लिएपछि उनको आलोचना भएको थियो । प्रदेशको मुख्यमन्त्री र प्रतिनिधि सभा सदस्य दुवैतर्फ भूमिका निर्वाह गर्नेबारे कानुनविद् र प्रदेश प्रमुखसँग छलफल गरी मुख्यमन्त्री पदबाट राजीनामा दिएको उनले बताएका छन् ।







