काठमाडौँ, ६ साउन । बाग्मती प्रदेश सरकारले सार्वजनिक गाडीको भाडा बढाएको छ । बढेको भाडादर बाग्मती प्रदेश सरकारले राजपत्रमा प्रकाशन गरेको छ ।
भाडा वृद्धिपछि पनि काठमाडौँ उपत्यकामा सुरुको भाडादर अर्थात् पाँच किलोमिटरसम्मको २० रुपैयाँ नै कायम रहेको छ ।
त्यस्तै १० किलोमिटरसम्मको भाडा २५ बाट बढेर २७ रुपैयाँ पुगेको छ । १५ किलोमिटरसम्मको भाडा ३० बाट बढेर ३२, २० किलोमिटरसम्मको भाडा ३३ बाट ३५ र २० किलोमिटरभन्दा माथिको भाडा ३८ बाट ४० रुपैयाँ पुगेको छ ।







