बर्दिया, ७ पुस । बाघको आक्रमणबाट बर्दियामा एक जनाको ज्यान गएको छ ।
बाघको आक्रमणबाट बारबर्दिया नगरपालिका-४ बैरिया गाउँका १२ वर्षका सुमित थारुको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) तुल्सीराम अर्यालले जानकारी दिए ।
बबई नदीमा नुहाउन गएका बेला नदी किनारको जिराहा सामुदायिक वन नजिकै बालकलाई बाघले आक्रमण गरी घाइते बनाएको थियो । घाइते बालकको उपचारका क्रममा आरसी थारु मेमोरियल अस्पताल जयनगरमा ज्यान गएको प्रहरीले जनाएको छ ।






