Logo

बाघकाे आक्रमणबाट महिलाकाे मृत्यु



चितवन, १६ जेष्ठ । चितवनको राप्ती नगरपालिकामा बाघको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ ।

राप्ती नगरपालिका वडा नम्बर १ मा चितवन राष्ट्रिय निकुञ्जभित्र घाँस काट्न गएकी त्यही ठाउँकी ५५ वर्षीया सोतीमाया तामाङलाई बाघले आक्रमण गर्दा ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्