Logo

बाघको आक्रमणबाट गुरुङ घाइते



चितवन, १८ असार । चितवनमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् ।

शनिबार बिहान सिम्रेनी निवासी ३८ वर्षीया बालिका गुरुङलाई बाघले आक्रमण गरेको चितवन प्रहरीले जनाएको छ ।

उनलाई खैरहनी नगरपालिका-१३ स्थित कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा बाघले आक्रमण गरेको हो ।

बाघको आक्रमणबाट गम्भीर घाइते भएकी गुरुङलाई पुरानो मेडिकल कलेज भरतपुर ल्याइएको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्