बझाङ, २८ माघ । बझाङको थलारा गाउँपालिका-९ मा बाघले १० वटा बाख्रा मारेको छ ।
बाघले बिहीवार दिउँसो स्थानीय जगत विष्टले पालेका दश वटा बाख्रा मारेको हो ।
जयपृथ्वी नगरपालिका वडा नम्बर ५ को नाउली नवादेउ सामुदायिक वनमा चराउन लगेका बाख्रा बाघले मारिदिएको विष्टले बताए । विष्टको झन्डै २ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ ।






