बाजुरा, १० मंसिर । बाजुराको बूढीनन्दा नगरपालिका वडा नम्बर ५ मा मतदान सम्पन्न भएको छ ।
गएको आइतवार (मङ्सिर ४ गते)मतदानका क्रममा झडप भएपछि स्थगित भएको मतदान केन्द्रमा आज शनिवार मतदान भएको हो । आज मतदान भएको केन्द्रमा ९ सय ९९ जना मतदाता रहेकामा ५ सय ९७ मत खसेको बाजुराका मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिए ।
त्रिवेणी नगरपालिकामा गएको आइतवार मतदानका क्रममा विवाद हुँदा प्रहरीको गोली लागेर एक जनाको ज्यान गएको थियो भने कुटपिटमा परि अर्का एक जनाको ज्यान गएको थियो । यो घटनाको राष्ट्रिय मानव अधिकार आयोगले स्थलगत अध्ययन गर्दैछ ।







