Logo

बाजुरामा अझै सुरु भएन मतगणना 



फायल तस्बिर

बाजुरा, १५ मंसिर । बाजुरामा अझै मतगणना सुरु भएको छैन् ।

बाजुरामा सर्वदल‍ीय बैठक बसेर सहमतिपछि गणना सुरु गर्ने तयारी छ । आज बिहान ७ बजे बसेको बैठकमा सहमति जुट्न सकेन ।

बुधबार बसेको बैठकमा सबै दलका प्रतिनिधि नआएपछि आज बिहान ७ बजे पुनस् बैठक बस्ने र गणना थाल्ने निर्णय गरिएकोमा बिहान केही विषय टुङ्गोमा नपुगेको र फेरि बैठक बसेर गणना सुरु गर्ने मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिए ।

बाजुरामा एमालेले ८ र कांग्रेसले १६ ठाउँमा बुथ कब्जा गरेको एक–अर्कालाई आरोप लगाएका कारण मतगणना सुरु हुन सकेको थिएन । निर्वाचन आयोगले हिजो मतगणना सुरु गर्न निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्