बाजुरा, १८ मंसिर । बाजुरामा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका बद्रिप्रसाद पाण्डे विजयी भएका छन् ।
पाण्डेले नेकपा एमालेका कर्णबहादुर थापालाई पराजित गर्दै विजयी भएका हुन् ।
उनले ३१ हजार ७८६ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिस्पर्धी एमालेका थापाले २६ हजार ३४९ मत प्राप्त गरेका छन् ।







