Logo

बाजुरामा भिरबाट लडेर महिलाको मृत्यु



बाजुरा, २१ चैत । बाजुराको हिमाली गाउँपालिकामा भिरबाट लडेर एक जना महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही गाउँपालिका-५ रिठ्ठाकी ४१ वर्षीया अपसरी बुढथापा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

आज बिहान गाउँ नजिकैको रहेको बालभिटा मेलामा घाँस काट्न गएका बेला लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दानसिं भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्