बाजुरा, १६ मंसिर । बाजुरामा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको मतगणना पुन: सुरु भएको छ ।
प्रतिनिधि सभाको मतगणना शुक्रवार बिहानदेखि रोकिएको थियो भने प्रदेश सभाको मतगणना दिउँसोदेखि रोकिएको थियो । अहिले दुवै मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यलय बाजुराले जनाएको छ ।
राजनीतिक दलसँगको सहकार्यमा रोकिएको मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । हिमाली गाउँपालिका-६ धिममा मुचुल्काभन्दा बढी आएपछि विवाद भएको थियो ।







