सिड्नी, २१ असार । अत्यधिक वर्षापछि आएको बाढीका कारण अष्ट्रेलियाको सिड्नीका हजारौँ मानिस विस्थापित भएका छन् ।
उनीहरु अहिले बसिरहेको ठाँउ छोडेर अन्यत्र जादै गरेको र कतिपय गइसकेको अधिकारीहरूले जानकारी दिएका छन् ।
अत्यधिक वर्षा र त्यसपछिको बाढीले यस क्षेत्रको जनजीवन अत्यन्त असुरक्षित र चुनौतीपूर्ण रहेको उनीहरूको भनाई छ । स्थानीय सरकारी अधिकारीहरूले पनि सुरक्षित स्थान तर्फ जान र बाढी पहिरोबाट जोगिन सबैलाई अनुरोध गरेका छन् ।
पछिल्लो चार दिनमा झण्डै आठ महिनामा पर्ने वर्षा भएको छ । बाढीका कारण सडक अवरुद्ध भएको छ भने केही घरहरू पानीमा डुबेका छन्। आपूर्ति बन्द हुँदा हजारौँ मानिसले बिजुली प्रयोग गर्न पाएका छैनन् ।
बाढीले न्यू साउथ वेल्सका धेरै ठाउँ बढी प्रभावित भएका छन् । ग्रेटर सिड्नी भनिने तीन ठूला सहर भएको भूभागमा अहिलेको आपतकालीन अवस्थामा १०० वटाभन्दा बढी स्थानान्तरणको निर्देशन जारी गरिएको छ ।