फिलिपिन्स, २५ मंसिर । फिलिपिन्सको रिजाल प्रान्तमा शनिबार राति आएको बाढीले यात्रु जिप बगाउँदा पाँच वर्षीया बालिकासहित आठ यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
तनय शहर प्रहरीका गस्तीकर्मी जेसन बेनिटेजले सिन्ह्वालाई बताएअनुसार दुर्घटना राति ९ बजेअघि भएको थियो । स्थानीय समय अनुसार शनिबार २५ जना यात्रु बोकेको जीप उत्तरबाट गाउँतर्फ जाँदै गरेको र खोला तर्ने क्रममा थियो ।
तनय नगरपालिका प्रकोप न्यूनीकरण व्यवस्थापन कार्यालयका प्रमुख नोर्बर्टो फ्रान्सिस्को माटिएन्जोले बाढीले बगाउँदा जीप नदीको बीचमा फसेको बताएका छन् ।







