Logo

बाढीले स्काभेटर बगायो



म्याग्दी, १२ असार । रघुगंगा नदीमा भीषण वर्षासँगै आएको बाढीले स्काभेटर बगाएको छ ।

बाढीले राहुघाट जलविद्युत आयोजनाको ड्याम साइडमा काम गरेर नदी किनारमा पार्किङ गरिराखेको ठाउँमा कटान गरेर स्काभेटर बगाएको हो । ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको बाँध रघुगंगा-४ मा निर्माणधीन अवस्थामा छ ।

मुक्तिनाथ बगैँचा निर्माण सेवाको ग १ क ५३३८ नम्बरको होन्डाई स्काभेटर नदीले बगाएर करिब २० मिटर तल पुर्‍याउँदा स्काभेटरको महत्वपूर्ण पाटपूर्जा र मेसिनमा ठूलो क्षति भएको कम्पनीका सञ्चालक श्यामनन्द शर्माले जानकारी दिए ।

पार्किङका लागि बनाइएको ठाउँमा लगाएको ग्याबिन जालीसँगै नदीमा आएको बाढीले डोजर बगाएको हो ।

प्रतिक्रिया दिनुहोस्