Logo

बाढी पहिरोका कारण सुडानमा आपतकाल घोषणा



सुडान, ६ भदौ । सुडानका छ राज्यमा आपतकाल घोषणा गरिएको छ ।

अत्याधिक बर्षापछि आएको बाढीका कारण सङ्कट उत्पन्न भएकाले आपतकाल घोषणा गरिएको हो ।

सरकारी अधिकारीहरुका अनुसार रिभर नाईल, गेजिरा, ह्वाइट नाइल, वेस्ट कोर्डोफन, साउद डार्फर र कसला राज्यमा आपतकाल लागू गरिएको हो ।

मन्त्रीपरिषद्ले प्रभावित क्षेत्रमा उद्धारकर्ताहरु परिचालन गर्ने र आवश्यक सहयोगको प्रवन्ध गर्ने निर्णय पनि गरेको कार्यबहाक मन्त्री ओस्मन हुसेन ओस्मनले जानकारी दिएका छन् ।

बाढी पहिरो पीडितहरुलाई सहयोग गर्न सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोगदाताहरुलाई अनुरोध गरेको छ । स्वदेशी तथा विदेशी सहयोग संकलनका लागि बैंक खाता खोल्ने निर्णय भएको पनि मन्त्री हुसेनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्