काठमाडौँ, २१ असोज। बाढी पहिरोबाट मृत्यु हुनेको सङ्ख्या २४६ पुगेको हो ।
नेपाल प्रहरीका अनुसार अहिलेसम्म २४६ जनाको मृत्यु भएको छ भने १८ जना अझै बेपत्ता रहेका छन् । त्यस्तै १७८ जना अझै घाइते रहेका छन् ।
मृत्यु हुनेमा बागमती प्रदेशका १३९ जना रहेका छन्, जसमा काठमाडौँ उपत्यकाका ७० जना रहेका छन् । त्यस्तै लुम्बिनी प्रदेशका २ जनाको मृत्यु भएको छ भने मधेश प्रदेशबाट ९ जनाको मृत्यु भएको छ ।
त्यस्तै कोशी प्रदेशबाट २० जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार अहिलेसम्म १७ हजार १७४ जनाको उद्धार गरिएको छ ।