Logo

बादल र सवेन्द्र खनाल मुछिएको ज्यानमुद्दामा अनुसन्धान अघि बढाउन सर्वोच्चको परमादेश



काठमाडौं, २९ फागुन । सर्वोच्च अदालतले नेकपा माओवादीको विप्लव समूहका कार्यकर्ता कुमार पौडेलको हत्या प्रकरणमा छानबिन गर्न आदेश दिएको छ।

अदालतको आदेशसँगै तत्कालीन गृहमन्त्री रामबहादुर थापा (बादल), प्रहरी महानिरीक्षक सर्बेन्द्र खनाल, तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत लगायतविरुद्ध परेको किटानी जाहेरीमाथि अनुसन्धान अघि बढाइने भएको छ।

कुमार पौडेलको मृत्यु भएपछि उनकी आमा दुर्गादेवी पौडेलले घटनामा संलग्न व्यक्तिमाथि अनुसन्धान गरी कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा किटानी जाहेरी दर्ता गराएकी थिइन्।

तर जाहेरीमाथि अनुसन्धान नभएको भन्दै उनले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी थिइन्। सोही रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश डा. मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको इजलासले करिब पाँच वर्षपछि अनुसन्धान अघि बढाउन आदेश दिएको हो।

प्रतिक्रिया दिनुहोस्