काठमाडौँ, ३० भदौ । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराई आज भारत जाँदै छन् ।
उनी नेपाल एयरलायन्सको विमानबाट दिउँसो १:४५ बजे नयाँदिल्ली जान लागेका हुन् ।
पार्टीको प्रवास कमिटीले आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागी हुन भट्टराई भारत जान लागेको उनको सचिवालयले जनाएको छ ।
एक साताको भारत बसाइमा उनले नेपाली समुदायसँग छलफल गर्नुका साथै आर्थिक विकास र समृद्धिका विषयमा पनि अन्तरक्रिया गर्नेछन् ।







