काठमाडौँ, ३१ साउन । नेपाल समाजवादी पार्टी र नेकपा एकता राष्ट्रिय अभियान नेकपा (माओवादी केन्द्र)को चुनाव चिह्नबाट आसन्न निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
माओवादी केन्द्रको आज बसेको स्थायी कमिटीको बैठकले डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानलाई दलको चुनाव चिह्न दिने निर्णय गरेको स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले जानकारी दिए ।
योसँगै बाबुराम र वामदेव माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हतौडाबाट निर्वाचन लड्ने भएका छन् ।







