Logo

बारामा गाेली हानेर भारतीय नागरिककाे हत्या



बारा, ८ पुस । बारामा गोली हानेर एक जना भारतीय नागरिकको हत्या भएको छ ।

महागढीमाई नगरपालिका वडा नम्बर २ मा आज बेलुकी गोली लागेर घाइते भएका ४५ वर्षका शिवपुजन यादवको उपचारका क्रममा ज्यान गएको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

एक होटलबाट निस्कँदै गर्दा मोटरसाइकलमा आएका दुई जना व्यक्तिले यादवमाथि गोली चलाएका प्रहरी उपरीक्षक बोगटीले बताए । घटनामा संलग्नहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्