Logo

बारामा डाँका समूह र प्रहरीबीच गोली हानाहान



बारा, १९ भदौ । बारामा लुटपाट गर्न आएका डाँका समूह र प्रहरीबीच गोली हानाहान भएको छ । गएराति जीतपुरसिमरा उपमहानगरपालिका-२३ भलुहीस्थित एरोटेक प्रालिमा लुटपाट गर्न आएका डाँका समूह र प्रहरीबीच गोली हानाहान भएको हो ।

जिल्ला प्रशासन कार्यालय बाराका अनुसार डाँका समूह उद्योगमा प्रवेश गरेको सूचना आएपछि प्रहरी टोली खटिएको थियो । उद्योगमा लुटपाट गर्न आएका डाँकाको समूहले प्रहरीलाई देखेपछि एक राउण्ड गोली फायर गरेको थियो । त्यसको प्रतिवादमा प्रहरीले पनि ३ राउण्ड हवाई फायर गरेको थियो ।

त्यसक्रममा डाँका समूहले फलामको रड प्रहार गर्दा वरिष्ठ सई कमलबहादुर शाही घाइते भएका छन् । टाउकोमा गम्भीर चोट लागेका घाइते सई शाहीको वीरगञ्ज हेल्थ केयर हस्पिटलमा उपचार भइरहेको छ ।

हाल दुई जना डाँकालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्