Logo

बारामा धारिलो हतियार प्रयोग गरी आमाछोराको हत्या, तीन जना घाइते



बारा, १४ माघ । बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा अज्ञात समूहले रातको समयमा धारिलो हतियार प्रयोग गरी एक आमा र उनका छोराको ज्यान लिएको छ। प्रहरीका अनुसार आज बिहान करिब ३ बजेतिर भएको आक्रमणमा ५२ वर्षीया महिला र उनका ३२ वर्षीय छोराको घटनास्थलमै मृत्यु भएको हो।

मण्डल थरका परिवारमाथि गरिएको उक्त आक्रमणमा परिवारकै अन्य तीन सदस्य पनि घाइते भएका छन्। घाइतेहरूको एलएस न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनाको कारण र संलग्न व्यक्तिको पहिचान खुल्न नसकेकाले बारा प्रहरीले थप अनुसन्धान सुरु गरेको र दोषीको खोजी तीव्र बनाइएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्