बारा, १० वैशाख । निर्वाचन विथोल्ने कार्य गरेको भन्दै बाराको देवताल गाउँपालिका-७ पीपरपाती बुथ केन्द्रबाट छ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रौतहट जिल्ला बौधीमाई गाउँपालिका-४ निवासी ४७ वर्षीय वृजकिशोरप्रसाद यादव, रौतहत वृदावन नगरपालिका-१ निवासी ४२ वर्षीय दायाराम राउत, सोही नगरपालिका-४ निवासी ३५ वर्षीय उमेश यादव, प्रसौनी गाउँपालिका-४ निवासी ३८ वर्षीय मङ्गलप्रसाद साह र देवताल गाउँपालिका-७ निवासी ६२ वर्षीय रामसागर यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक पुरुषोत्तम सिँह पाण्डेयले जानकारी दिए ।
उक्त क्षेत्रको ८२ मतदानस्थलमा एक सय ३८ मतदान केन्द्र तोकिएकामा ६५ वटा मतदानस्थल अतिसंवेदनशील र १७ वटा समान्य रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।







