बारा, १३ वैशाख । बारा निर्वाचन क्षेत्र नम्बर–२ बाट जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादव ५ हजार ८० मतान्तरलृ विजयी भएका छन् ।
उनले २८ हजार ४१४ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले २३ हजार ३३४ मत प्राप्त गरे । नेता यादवले मतगणनाको सुरुवातदेखि नै अग्रगता कायम गरेका थिए ।
तेस्रो स्थानमा नेकपा (एमाले) का पुरुषोत्तम पौडेलले १० हजार २१६ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रमेशप्रसाद खरेल २ हजार ८२९ मतका साथ चौथो स्थानमा छन् ।







