Logo

बारा-२ मा उपेन्द्र यादवलाई सुरुवाती अग्रता



बारा, ११ वैशाख । प्रतिनिधि सभा सदस्यको उपचुनावअन्तर्गत बारा क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ ।

पछिल्लो मतपरिणामअनुसार जनता समाजवादी पार्टी (जसपा) का उपेन्द्र यादवले दुई सय २४, जनमत पार्टीका शिवचन्द्र कुश्वाहाले एक सय ७० र नेकपा एमालेका पुरुषोत्तम पौडेलले एक सय ६६ मत प्राप्त गरेका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रमेश खरेलले ८० र आम जनता पार्टीका अरुण ज्ञवालीले १२ मत प्राप्त गरेका हुन् ।

एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेका यो क्षेत्रमा ६८ हजार आठ सय ८८ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले छ ।

प्रतिक्रिया दिनुहोस्