बारा, १० वैशाख । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले बारा क्षेत्र नं.२ को बेलडाडी, झिटकैया लगायतका केही बुथ कब्जा हुनसक्ने आशंका गरेका छन् ।
आइतबार मतदानको अवलोकन गर्ने क्रममा अध्यक्ष राउतले प्रहरी प्रशासनकै संरक्षणमा पचरौता नगरपालिका बेलडाडीमा जसपाले बुथ कब्जा गरेको उनले बताए ।
उनले मतदान भइरहेको समयमा बारा-२ का सीमावर्ती गाउँमा आफू र कार्यकर्तालाई जान नदिएको बताए । राउतले भारत सिमासँग जोडएको पचरौता नगरपालिका-४ बेलदारीमा प्रचारप्रसार गर्न समेत जान नदिएको गुनासो गरेका छन् ।







