बारा, ११ वैशाख । आज बिहान बसेको सर्वदलीय बैठकले आइतवार सम्पन्न बारा क्षेत्र नं. २ मा उपनिर्वाचनको मतगणना ११ बजेदेखि गर्ने सहमति भएको छ ।
गएरातिदेखि नै मतगणना सुरु गर्ने भनिए पनि सर्वदलीय बैठकका लागि राजनीतिक दलका प्रतिनिधिहरू समयमा नआएकाले ढिलाइ भएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए ।
मतगणनाका लागि बाराको सदरमुकाम कलैयास्थित शैक्षिक तालिमको सभा हलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।