काठमाडौँ, १२ वैशाख । बारा-२ मा जनता समाजवादी पार्टीका अध्यक्ष तथा सत्ता गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादवले अग्रता बढाएका छन् ।
मतगणनाको पछिल्लो अपडेटअनुसार २० हजार ५०० गणना गर्दा यादवले आठ हजार ८८१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले ६ हजार १७९ मत पाएका छन् । उनीहरुबीचको अन्तर २ हजार ३८९ रहेको छ ।
एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले तीन हजार ५३८ मत पाएका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले एक हजार १६७ पाउँदा आम जनता पार्टीका अरुणकुमार ज्ञवालीले ५७१ मत प्राप्त गरेका छन् ।