तनहुँ, २५ फागुन । तनहुँको ऋषिङ गाउँपालिका-६ दाउन्नेमा आगलागीमा परेर पाँच वर्षीय बालकको ज्यान गएको छ ।
आगलागीमा परी शिशिर थापाको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
स्थानीय ऋषिराम थापामगरको घरमा कोही नभएका बेला गोठमा निजका नातिले पराल, काठ दाउरा रहेको स्थानमा लाइटर खेलाउँदा आगलागी भएको हो । निजको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।






