Logo

बालकुमारीमा ईपीएस परीक्षार्थीकाे प्रदर्शन, मन्त्रीकाे गाडीमा आगजनी



काठमाडौँ, १३ पुस । कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै भाषा सिकेका व्यक्तिहरूको समूहले ईपीएस कार्यालय अगाडि चक्रपथमा प्रदर्शन गरेको छ ।

जहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा अनुत्तीर्ण भएकाहरूले आफूहरूलाई उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा सहभागी गराउन माग गर्दै बालकुमारीस्थित सडकमा उत्रिएर प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले एउटा सरकारी गाडीमा समेत आगजनी गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको गाडीमा आगजनगी गरिएको मन्त्री प्रकाश ज्वालाका प्रेस सल्लाहकार जीवन बीसीले बताए ।

प्रतिक्रिया दिनुहोस्