Logo

बालकुमारी घटनाको प्रतिवेदन अध्ययनपछि दोषीलाई कारबाही गछौँ: प्रधानमन्त्री



काठमाडौँ, ६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकुमारी घटनामा छानविन समितिले दिएको रिपोर्ट अध्ययन गरी आवश्यक कारबाही गरिने बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले छानविन समितिले प्रतिवेदन गृह मन्त्रालयमा बुझाएको र आजमात्रै आफूले सो प्रतिवेदन बुझ्ने बताएका हुन् ।

उनले अहिलेसम्म आफूले प्रतिवेदन नहेरेको भन्दै आजै हेर्ने र आजै बस्ने मन्त्रिपरिषद्को बैठकले प्रतिवेदन अध्ययन गरी आवश्यक कारबाही गरिने बताए ।

उनले भने, ‘छानविन समितिले जो प्रतिवेदन ल्याएको छ । गृह मन्त्रालयमा छानविन समितिले बुझाएको छ । आज मैले बुझ्दै छु प्रधानमन्त्रीको हैसियतले । अहिलेसम्म मैले हेरेको छैन । मैले हेर्दैछु । आजै मन्त्रिपरिषद् छ त्यसलाई सरकारले बनाएको छानविन समितिले छानविन गरेर ल्याएको प्रतिवेदनको अध्ययन गरेपछि आवश्यक कारबाही गरिन्छ ।’

प्रतिक्रिया दिनुहोस्