Logo

बालकुमारी घटनाको विरोधमा उत्रिएका युवाहरु पक्राउ



काठमाडौँ, १४ पुस । बालकुमारीमा दुई युवाको ज्यान गएको घटनाको विरोधमा उत्रिएकाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

माइतीघरमा सरकारको विरोध गर्दै उत्रिएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले सात जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

शुक्रवार कोरियन भाषा परीक्षाका विषयमा भएको विरोध प्रदर्शनमा प्रहरीको गोली लागेर दुई जनाको ज्यान गएको थियो । बालकुमारीमा भएको घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्