
काठमाडौँ, ३ असार । गृहमन्त्री बालकृष्ण खाँण एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न ओली निवास बालकोट पुगेका छन् ।
नागरिकता विधेयक द्रुत गतिमा अघि बढाउने सहमतिका लागि कानुनमन्त्रीसहित गृहमन्त्री खाँण बालकोट पुगेका हुन् ।
उनले यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुसहितका नेताहरूसँग पनि नागरिकता विधेयक अघि बढाउने विषयमा छलफल गरेका थिए ।







