काठमाडौँ, १९ असार । कोरोना भाइरसविरुद्धको थप २३ लाख मात्रा खोप आइतवार काठमाडौँ आइपुगेको छ ।
पाँचदेखि ११ वर्ष उमेरसम्मका बालबालिका लागि दिइने फाइजर बायोन्टेकको २२ लाख ९९ हजार दुई सय मात्रा कोभिडविरुद्धको पेडियाट्रिक खोप काठमाडौँ आइपुगेको स्वास्थ्य सेवा विभागका आपूर्ति शाखाका प्रमुख डा.सुरेन्द्र चौरसियाले जानकारी दिए ।
आज प्राप्त खोप असार ९ गतेदेखि अभियान सञ्चालन गरिएका २७ जिल्लामा पहिलो मात्रा लगाउन छुटेका बालबालिका र बाँकी रहेको दोस्रो डोजका लागि प्रयोग गरिने डा.चौरसियाको भनाइ छ ।