काठमाडौँ, २९ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाल दिवसको अवसरमा शुभकामना दिएका छन् ।
शुभकामना दिँदै उनले हरेकलाई भविष्य प्यारो लाग्ने भएर आफूलाई बालबालिका प्यारा लाग्ने गरेको उल्लेख गरेका हुन् । दिवसको अवसरमा बालबालिकासँग बसेको फोटो सामाजिक सञ्जाल राख्दै ओलीले ओलीले बालबालिकाहरू भविष्य भएकाले आफूलाई अति प्यारो लाग्ने बताएका छन् ।

‘हरेकलाई भविष्य प्यारो हुने भएर हुन सक्छ- मलाई बालबालिका प्यारा लागेछन्, आज बाल दिवस-सबै सबै बालबालिकालाई उज्ज्वल भविष्यको कामना’ ओलीले फेसबुकमा लेखेका छन् ।
आफू बालबालिका प्रति आकर्षित हुने गरेको ओलीले उल्लेख गरेका छन् । ‘म कहिलेकाहीँ सोच्छु- म बालबालिकासँग आकर्षित हुन्छु कि बालबालिका मसँग आकर्षित हुन्छन् । अन्तिममा म आफैँ बालबालिकासँग आकर्षित भएको निष्कर्षमा पुग्छु, म लामो समय बाँचेको छु र छोटो समय बाँच्नु छ, यिनीहरूसँग लामो समय छ’, ओलीले लेखेका छन् ।







