Logo

बालिकालाई करणी गरेको आरोपमा वडा सदस्य पक्राउ



रोल्पा, ३ असार । एक बालिकालाई करणी गरेको आरोपमा रोल्पाका एक जनप्रतिनिधि पक्राउ परेका छन ।

बालिकालाई करणी गरेको आरोपमा त्रिवेणी गाउँपालिका-६ का वडा सदस्य ३५ वर्षीय मोहन केसी पक्राउ परेका हुन् ।

गत जेठ ३० गते केसीले बालिकालाई जबर्जस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्