मेचीनगर, ३ जेष्ठ । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
मेचीनगर नगरपालिका-१० खनाल बस्ती बस्ने ३४ वर्षीय बिपुल राजवंशीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
ती बालिकालाई उनकै घरमै ललाई फकाई बिपुलले वैशाख २५ गते बिहान जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।