Logo

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ



बारा, ९ असार । पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

जितपुरसिमरा उपमहानगरपालिका-२२ चकरी बस्ने १८ वर्षीय किशोरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

किशोरले ती बालिकालाई घरमा कोही नभएको अवस्थामा ललाईफकाई जंगलमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्