Logo

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा झापामा एक जना पक्राउ



झापा, १४ भदौ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा झापामा एक जना पक्राउ परेका छन् ।

हल्दिबारी गाउँपालिका-३ बस्ने ४७ वर्षीय चित्रबहादुर गुरूङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

चित्रबहादुरले ती बालिकालाई आइतबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्