डोल्पा, १८ मंसिर । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा डोल्पामा एक जना पक्राउ परेका छन्
ठुलीभेरी नगरपालिका-५ बस्ने २६ वर्षीय कुमार बुढालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बुढाले ती बालिकालाई गत बुधबार सोही ठाउँस्थित लाग्माको जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी माझफालबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।






