सिरहा, ६ फागुन । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
मिर्चैया नगरपालिका-४ कुथनुवा बस्ने १८ वर्षीय किशोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
किशोरले ती बालिकालाई सोही ठाउँस्थित बाँसघारीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालयल मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।






