Logo

बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्स्पेक्टर पक्राउ



काठमाडौं, २४ जेठ । काठमाडौँको स्वयम्भूमा बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) पक्राउ परेका छन्।

काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता, एसपी नवराज अधिकारीले एकजना बालिकालाई यौन दुर्व्यवहार भएको उजुरी आएको र अनुसन्धानका लागि प्रहरी निरीक्षकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिनुभयो । उहाले घटनाबारे अनुसन्धान भइरहेको र दोषी पाइए कारबाही गरिने बताउनुभयो ।

प्रहरी स्रोतका अनुसार बालिका शिवाकोटीको घरमा घरेलु कामदारको रुपमा काम गर्दै आइरहेकी थिइन् । शिवाकोटीले नै पढाइदिने भनेर सानै उमेरमा कामदारको रुपमा ल्याएर राखेका थिए ।

बालिकाले महानगरीय प्रहरी वृत्त स्वयम्भूमा शिवाकोटीले आफूमाथि बलाकार गरेको उजुरी गरेकी थिइन् । उजुरी लगतै प्रहरी वृत्त स्वयम्भूले शिवाकोटीलाई नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस्