Logo

बालिका करणी अभियोगमा म्यादी प्रहरी पक्राउ



झापा, ७ जेष्ठ । प्रहरीले बालिका करणी गरेको अभियोगमा एक म्यादी प्रहरीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका-५ का ३० वर्षीय कमलप्रसाद पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीले उनलाई शुक्रबार झापाको गौरीगञ्जस्थित वडा नं.२ बाट ड्युटीमा रहेकै अवस्थामा पक्रिएको हो । उनले मंगलबार १४ वर्षीया ती बालिकालाई त्यही वडामा पर्ने गहते जङ्गलमा लगेर बलात्कार गरेको आरोप छ ।

पोखरेललाई प्रहरीले उदयपुर पठाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्